पोखरामा पेस्तोलसहित राजु न्याकेड भन्ने नरबहादुर पक्राउ (भिडियोसहित)
बिकविरुद्ध यसअघि १३ मुद्धा दर्ता
पाेखरा | बैशाख १३, २०८१
पोखरा: कास्की प्रहरीले पोखराको पामे क्षेत्रबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ जामुनेबोट बस्ने ३८ वर्षीय 'राजु न्याकेड' भन्ने नर बहादुर बिक रहेका छन् ।
उनलाई आज वडा कार्यालय वैदामबाट खटिएको बिशेष टोलीले पोखरा २४ बाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका बिकको साथबाट पेस्तोलसहित ९ एमएमको गोली, नगद रु १६ हजार र नोकियाको मोबाइलसेट बरामद गरिएको छ ।
बिक यसअघि १३ वटा मुद्धाका फरार प्रतिवादी हुन् ।
हाल पक्राउ परेका बिकमाथि पुराना मुद्धासँगै हातहतियार तथा खरखजना कसुरमा मुद्धा दर्ता भई अनुसन्धान थालिने डिएसपी शर्माले बताए ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

